रसुवाकी गायिका नितु पौडेलद्धारा आत्मदाहको प्रयास
नुवाकोट । रसुवाकी चेली उदयमान गायिका नितु पौडेलले आत्मदाहको प्रयास गरेकी छिन ।

काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा उनले आत्मदाहको प्रयास गरेकी हुन् । शनिबार दिउँसो स्टुडियोमै उनले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।
पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । एसपी पवन भट्टराईका अनुसार शनिबार दिउँसो पौने ३ बजे अनामनगरको एउटा स्टुडिओमा एक युवतीले आफैमाथि आगो लगाएको भन्ने सूचना पाए पछि प्रहरी पुगेको थियो।

‘खबर पाउनासाथ हामीले त्यहाँबाट दुई जनालाई उद्धार गरेका छौं। युवकले ती युवतीलाई बचाउने प्रयास गरेको भनिएको छ। त्यसबारे अनुसन्धान हुँदैछ,’ एसपी भट्टराईले भने।प्रहरीले परिचय बुझ्दा ती युवती नितु पौडेल रहेको भन्ने बुझिएको थियो। युवतीले किन आफैमाथि आगो लगाउने प्रयत्न गरिन् भन्ने अनुसन्धान भइरहेको उनले बताए।
त्यहाँबाट उद्धार गरेर दुवै जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको पनि एसपी भट्टराईले जानकारी दिए । अर्का उद्धार गरिएको व्यक्ति धनबहादुर गिरी (बाबुल गिरी) रहेको पनि एसपी भट्टराईले जानकारी दिए।
अहिले दुवैको उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया