नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नुवाकोट । नवरात्रको आठौँ दिन आज देवी महागौरीको पूजा–आराधना विधिपूर्वक गरिँदैछ।

दुर्गाको आठौँ स्वरूप मानिने महागौरीलाई अमोघ शक्ति भएकी देवीका रूपमा पूजा गरिन्छ। सेतो पहिरन, वृषवाहन र चार हातमा विभिन्न अस्त्र शस्त्रसहित शान्त मुद्रामा देखिने यी देवीको आराधनाले भक्तका पाप नाश हुने विश्वास गरिन्छ।
शास्त्रअनुसार, महागौरीले आठ वर्षको उमेरमै भगवान् शिवलाई पति पाउने संकल्पसहित कठोर तपस्या गरेकी थिइन्। तपस्यापछि शिवले उनलाई गंगाजलले स्नान गराएपछि उनी गौरवर्णकी बनिन्, त्यसैपछि उनको नाम महागौरी रहन गएको हो।
आजको दिन उपत्यकासहित देशभरका शक्तिपीठहरू गुह्येश्वरी, कालिकास्थान, मैतीदेवी, विजेश्वरी, मनकामना, राजदेवी, पाल्चोक भगवती आदि स्थानमा विशेष पूजाआजा तथा बलि दिइन्छ।
पशुबलि नदिने भक्तहरूले काँक्रो, कुभिन्डो, मूला, नरिवल आदि चढाउने परम्परा अनुसार पूजा गर्छन्। यस दिन कलपुर्जा, हातहतियार र सवारी साधनको पनि देवीको रूपमा पूजा गरिन्छ।
महागौरीको पूजा गरेर भक्तहरूले सुख, शान्ति, ऐश्वर्य र मोक्ष प्राप्त गर्ने विश्वास गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया