शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था
नुवाकोट । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने ।
भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि अस्थायी रुपमा ठमेलस्थित केसर महलमा सारिएको छ । केसर पुस्तकालयसँगैको उक्त भवनको पहिलो तलामा शिक्षा मन्त्रालयको कार्यकक्ष स्थापना गरिएको छ ।
मन्त्री पुनले सोमबार शपथपछि कार्यकक्षमा पदभार ग्रहण गर्दै सचिव चुडामणि पौडेललाई आफ्नो लागि गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै मिलाइदिन आग्रह गरेका थिए । २४ सै घण्टा मन्त्रालयमा बसेर काम गर्ने उनले घोषणा गरेका थिए । ‘म जता गए पनि जहाँ काम गर्छु त्यहीं बास बस्ने बानी छ ।
राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा पनि त्यहीं बस्थें । काम परे कीर्तिपुरबाट २ महिनामा मात्रै काठमाडौं निस्कन्थें । म विरगन्ज गए पनि जहाँ काम गर्यो त्यहीं बस्ने हो,’ उनले भने, ‘मलाई एउटा सुत्ने खाट चाहियो । टेबुल कुर्ची चाहियो । किचन चाहियो । म आफैं पकाएर खान्छु ।’ मन्त्री नियुक्तिसँगै राष्ट्रिय आविष्कार केन्द्र नेपालबाट अलग भएको उनले जनाए । सोमबार राति भने उनी बास बस्न कीर्तिपुर नै पुगेका थिए ।
मन्त्री पुनले मन्त्रालयभित्रै सुरक्षाकर्मीलाई पनि सँगै बस्ने प्रस्ताव गरेका थिए । मन्त्रालयको काममा मात्रै सरकारी गाडीको सुविधा लिने उनको भनाइ छ । ‘माथि रिपोर्ट गर्नु मन्त्रालयबाट बाहिर निस्केको बेला मेरो पछिपछि आउन पर्दैन,’ साथमा खटिएका सुरक्षाकर्मीलाई उनले भनेका थिए ।

मन्त्रालयका प्रवक्ता सापकोटाले सुरक्षाकर्मीलाई समेत मन्त्रालयभित्रै बस्ने ठाउँको प्रबन्ध मिलाइएको बताए । ‘कोठाहरु खाली गर्दै मन्त्रीज्यूको टिमलाई बस्ने ठाउँ बनाएका छौं,’ उनले भने, ‘१/२ दिनमा व्यवस्थित हुन्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया