मन्त्रिपरिषद् विस्तार गरिँदै: पाँचजना मन्त्रीमा सिफारिस, सञ्चारमन्त्रीमा जगदीश खरेल
नुवाकोट । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न प्रबुद्ध वर्गलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेकी छिन् ।

उनले आइतबार पाँचजनालाई मन्त्रीमा सिफारिस गर्दै नियुक्ति र शपथका लागि राष्ट्रपति कार्यालयमा सूची पठाउनुभएको छ । राष्ट्रपति कार्यालयले सोमबार उनीरुलाई नियुक्ति र शपथ गराउने जनाएको छ ।
जसअनुसार प्रधानमन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा वरिष्ठ युवा पत्रकार जगदीश खरेलको नाम नियुक्तिका लागि सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख रहेका थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।
यसैगरी प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री सिफारिस गरेकी छिन् । उनलाई कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी आइतबार नै डा. संगीता मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी मिश्राले आइतबार बिहान मात्रै सो पदबाट राजीनामा दिएकी थिइन । यसैगरी प्रधानमन्त्री कार्कीले कृषि मन्त्रीमा मदन परियारलाई नियुक्तिको लागि सिफारिस गरेकी छिन्र ।

यसैगरी महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुनुहुन्छ । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पु¥याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया