अख्तियार प्रमुख राईलाई राजीनामा गराउने तयारी

नुवाकोट । जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई राजीनामा गराउने विषयमा छलफल सुरु भएको छ।

आन्दोलनकारीको मागअनुसार भ्रष्टाचार विरोधी अभियान सुरु गर्न कार्की नेतृत्वको सरकारले अख्तियार प्रमुख राईलाई राजीनमा गर्न दबाब दिने भएको हो। जेनजी युवाहरुले सुशासन मागेको र राई आयोगले जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै उनलाई हटाउने विषयमा ठोस छलफल सुरु भएको स्रोतले जानकारी दियो।
राई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार अख्तियार प्रमुखमा नियुक्त भएका थिए। अख्तियार प्रमुखलाई नै राजीनामा गराएपछि अरु राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई हटाउन सजिलो हुने आँकलन प्रधानमन्त्री कार्कीसहित उनको टिमले गरेको बताइन्छ।
उनले पदमा रहँदा पनि ओलीका चाहनाअनुसार एमालेसँग फरक राख्नेहरुलाई मात्रै निशाना बनाएको आरोप खेप्दै आएको अवस्थामा राईलाई निरन्तरता दिन नहुने पक्षमा प्रधानमन्त्री कार्की रहेको बताइन्छ।

विशेष अदालतकै फैसलाले पनि राईको कार्यशैलीमाथि प्रश्न उठाएको छ। वाइडबडी खरिदमा भएको भ्रष्टाचार सम्बन्धी छानबिनमा राईले तत्कालीन पर्यटनमन्त्रीको सचिव हुँदा गरेको गडबडीमा आफूलाई जोगाएको टिप्पणी विशेष अदालतले फैसलामा गरेको छ।
अदालतले अख्तियारको यस कार्यलाई ‘चयनमुखी अभियोजन’को संज्ञा दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया