रसुवामा निषेधाज्ञा हटाइयो
विदुर खबर
२०८२ भदौ २८ गते ९:१८
रसुवा । रसुवामा जारी निषेधाज्ञा आज विहानदेखि हटाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम गत भदौ २७ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू भएको निषेधाज्ञा भदौ २८ गते बिहान ६ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिएका छन्।
जेन-जी आन्दोलनका गतिविधि तथा रसुवा कारागारबाट फरार रहेका कैदीबन्दीको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न निषेधाज्ञा लागू गरिएको थियो।
तर अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया