जेन-जी प्रदर्शनमा ३ प्रहरीसहित ३० जनाको मृत्यु

नुवाकोट । जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सिभिल अस्पतालमा ६ जना, नेश्नल ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट हस्पिटलमा ३ जना, काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा २ जना, शिक्षण अस्पताल महाराजगञ्जमा १, फ्रन्टलाइन हस्पिटलमा ३ जनाको उपचारको क्रममा मृत्यु भएकोछ। उपत्यकामा मृत्यु भएकाहरुको शवलाई पोस्टमार्टमकालागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
यस्तै, उपत्यकाका बाहिर अस्पतालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना र बाँकेको भरी अस्पतालमा ५ जना गरी ७ जनाको मृत्यु भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहका बालविजयकर्ताको हुन्। कैदीबन्दी भाग्दा कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अछामका उमेश बिष्ट (२१) , दाङका दिनेश घर्ती मगर (२१) ,बाँकेको खजुराका समीर थापा (२०) , कैलालीका (१०) वर्षका जगत देउवा, दैलेखका भूपेन्द्र खत्री (२१) रहेका छन । उनीहरु जबरजस्ती करणीका नौवस्ता स्थित बालसुधार गृहमा रहेका थिए । धरानमा मृत्यु भएका मध्ये इटहरीका अभिशेक श्रेष्ट (१६) को मात्र परिचय खुलेको छ ।
उपत्यकामा मृत्यु हुने ३ प्रहरीबाहेक अरुको नाम प्रहरीले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसीपी) विश्व अधिकारीका अनुसार महाराजगञ्ज प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राई, प्रहरी जवान उत्तम थापा र कोटेश्वर प्रहरीमा कार्यरत अमृत गुरुङको मृत्यु भएको थियो।
‘मुचुल्काको नाम र जाहेरीको नाम फरक पर्ने भएकाले हामीले नाम सार्वजनिक गरेका छैनौं,’ एसएसीपी अधिकारीले भने,‘ अहिलेसम्म जाहेरी परेको छैन, सबैको परिचय खुल्दैछ । खुलेको परिचयपनि प्रमाणित भएपछि सार्वजनिक गछौं ।’ प्रहरीमा अहिलेसम्म जाहेरी भने प्राप्त नभएको अधिकारीले बताए ।
नेश्नल ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये श्रीराम चौलागाईं (१९), बाँकेका सुलभराज श्रेष्ठ (२१), किर्तिपुरका बुद्धि बहादुर तमाङ (४२), गौरव जोशी (२९), सौरभ कटुवाल (२५), बनस्थलीका ईश्वत बहादुर अधिकारी(२६) को सनाखत भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेडेन्ट डा. बद्रि रिजालले जानकारी दिएका छन् ।
यस्तै, प्राप्त जानकारी अनुसार उपत्यकामा भएको प्रर्दशनमा अर्जुज भट्ट (२८) र देव कुमार सुवेदी (२३) को पनि प्रदर्शनको क्रममा मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३३ जना प्रदर्शनको क्रममा घाइते भएका थिए ।
७ सय १३ जना डिस्चार्जपछि घर फर्कदा २ सय ५३ जना भने अहिले पनि उपचारत छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया