रसुवा कारागारबाट कैदीबन्दी भागे

विदुर खबर २०८२ भदौ २५ गते ११:२३

नुवाकोट । रसुवाको धुन्चेमा रहेका कैदीबन्दीहरु पनि कारागारबाट भाग्न थालेका छन् ।

Advertisement

अन्य जिल्लमा रहेका कैदीबन्दी भागेपछि रसुवामा पनि त्यसको असर देखिएको हो ।

रसुवाका पत्रकार शुशिल कोइरालाले कारागारबाट धेरै कैदीबन्दीहरु भागेको बताएका छन् । केही भागेका छन् केहीलाई समातिएको छ उनले भने ।

Advertisement

यसैबिच जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाभर लागु हुने गरेर अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान सूचना निकालेर जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको उल्लेख छ ।

प्रतिक्रिया