रसुवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

विदुर खबर २०८२ भदौ २५ गते ११:१६

नुवाकोट । रसुवामा कर्फ्यु जारी भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले आज बिहान सूचना निकालेर जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको उल्लेख छ ।

Advertisement

कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।

जेनजी प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले पनि देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

Advertisement

प्रतिक्रिया