स्याफ्रुबेंसी–टिमुरे सडक आंशिक रूपमा सञ्चालनमा
रसुवा। गत असार २४ र साउन १४ गते चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएकोस्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड अन्तर्गतको स्याफ्रुवेसि–टिमुरे भाग आंशिक रूपमा सञ्चालनमा आएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेश पन्थीका अनुसार भदौ १३ गते शुक्रवार अपराह्न साढे १ बजेदेखि स्याफ्रुबेंसी–टिमुरे सडक खण्डमा साना चारपाङ्ग्रे गाडी र दुईपाङ्ग्रे मोटरसाइकल एकतर्फी आवागमन गर्न सक्ने व्यवस्था मिलाइएको हो।
प्रजिअ पन्थीले टिमुरे–रसुवागढि खण्ड भने अझै केही समय लाग्ने बताए। तर छिट्टै सडक सञ्चालन गर्ने तयारी भइरहेको र नेपाल–चीन जोड्ने मैत्री पुलमा राखिँदै गरिएको वेलिब्रिजको काम पनि शीघ्र पूरा हुने जानकारी उनले दिए।
“रसुवा आइपुगेको पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय सडकमार्ग सुचारु गरेर यातायात सहज बनाउने र व्यापार–व्यवसायलाई निरन्तरता दिने हो,” प्रजिअ पन्थीले भने।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया