आज ऋषि पञ्चमी : सप्तऋषिको पूजा आराधना गरि मनाइँदै
विदुर खबर
२०८२ भदौ १२ गते ७:२५
नुवाकोट । भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषि पञ्चमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ ।

नेपाली नारीहरूले आज बिहानै स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा अर्चना गरेका छन् ।
धार्मिक परम्पनाअनुसार, महिलाले ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने र पञ्चगव्य सेवन गर्ने परम्परा छ ।
रजस्वलाका दिनहरूमा भएका त्रुटिहरूबाट मुक्तिका लागि आजको दिन सप्तऋषिको पूजा गरिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
आजको दिन नरोपी उम्रेका अन्न खाई एक छाक हविष्य बस्ने व्रत पनि महिलाहरूले लिन्छन् । काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरहरूमा आज श्रद्धालु महिलाको भीड लागेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया