तारकेश्वरका आमा समूहलाई साउन्ड सिस्टम

विदुर खबर २०८२ भदौ ९ गते ७:१९

नुवाकोट । सामाजिक सदभावलाई आत्मसात गर्न जोड दिदै नुवाकोटको तारकेश्वरमा आमा समूहहरुलाई विद्युतीय सामग्रीहरु प्रदान गरिएको छ ।

Advertisement

महिलाहरुको महत्वपुर्ण पर्व तीजको अवसरमा तारकेश्वर गाउंपालिकाले ६ वटा आमा समूहलाई साउन्ड सिस्टम प्रदान गरेको हो । हरितालिका तीजको अवसरमा तारकेश्वर गापाले महिलाहरुको तीज पर्वलाई सामाजिक रुपमा सहभागिता गराउनुका साथै सांस्कृतिक सहकार्य आदानप्रदानका लागि गापाभित्र रहेका विभिन्न वडाका आमा समूहहरुलाई साउन्ड सिस्टम हस्तान्तरण गरेको हो । गापा अध्यक्ष शिव अधिकारी अविरलले ति सामग्रीहरु हस्तान्तरण गरे ।

उनले वर्षदिनको महत्वपुर्ण पर्व तीजलाई सामाजिक रुपमा संस्कृतिको जगेर्ना र पहिचानको रक्षाका लागि क्रियाशील हुन आग्रह गरे । अध्यक्ष अधिकारीले आमा समूहले गर्ने विभिन्न जनचेतना मुलक तथा अन्य साँस्कृतिक कार्यक्रमहरुमा प्रयोगका लागि सहयोग उक्त सामग्री हस्तान्तरण गरिएको वताए ।
गापाले तारकेश्वर गापा १ स्थित ढाडखर्कमा रहेको आमा समूह, तारकेश्वर २ स्थित सातदोबाटो युवा समाज तथा आमा समूह, तारकेश्वर ३ स्थित रोगटेपिङ आमा समूह, तारकेश्वर ४ स्थित नेवारपानी आमा समूह, बुधसिङस्थित आमा समूह र ६ को बनदेवी कृषि आमा समूहलाई एक÷एक थान साउन्ड सिस्टम प्रदान गरिएको हो । तारकेश्वर नुवाकोटको पर्यटकिय स्थल हो ।

Advertisement

प्रतिक्रिया