धादिङको धुनिवेशीमा मोटरसाइकल चालकको मृत्यु
विदुर खबर
२०८२ भदौ ४ गते २०:२९

नुवाकोट । धादिङको धुनिवेशी नगरपालिका–७ घट्टामोड, नौविसे नजिक त्रिभुवन राजमार्गमा मोटरसाइकल र भारतीय ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको UP51 CT 2601 नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक म्याग्दी मंगला गाउँपालिका–५ का ५० वर्षीय बीरबहादुर बिक गम्भीर घाइते भई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।
Advertisement
मोटरसाइकलमा पछाडि सवार धादिङकै २० वर्षीया अनिता विकसहित भारतीय ट्रक चालक र अन्य तीन जना भारतीय नागरिक घाइते भई काठमाडौं पठाइएको प्रहरीले प्रहरीले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया