साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
विदुर खबर
२०८२ भदौ ४ गते १८:०४
नुवाकोट । चालु आर्थिक वर्षको साउन महिनामा ६८ हजार ११० नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला छन्। व्यक्तिगत, मेनपावर, पुनः श्रम स्वीकृति र जीटुजी प्रणालीमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो। गत वर्षको साउनको तुलनामा यो संख्या बढेको छ।
साउन महिनामै वैदेशिक रोजगारीसम्बन्धी ठगीको ५८० उजुरी परेकोमा ७४ उजुरी मिलापत्रमार्फत टुंग्याइएको छ भने २६ उजुरी अदालतमा पुगेका छन्।
यस अवधिमा ९८ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् भने ९४ जनाले नवीकरण गराएका छन्।
साथै, विदेशमा मृत्यु भएका ३९ नेपालीको शव साउन महिनामा नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया