रसुवा बाढी क्षतिको बीमा दाबी २९ करोड

नुवाकोट । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।
२३ असारमा आएको बढीपहिरोका कारण भन्सार यार्ड, आयात गरिएका जाँचपास भएका र हुन बाँकी गाडी तथा सामान सहितका कन्टेनर बगाएको थियो । साथै, ११ जनाको ज्यान गएको थियो भने १९ अझै बेपत्ता छन् ।
क्षतिका लागि हालसम्म ९ बीमा कम्पनीका बिमितले २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर माग दाबी गरेका हुन् ।
दाबी भएको रकममध्ये सबैभन्दा धेरै सामुद्रिक बीमा लेखमा भएको छ । उक्त बीमा लेख १५ करोड ७० लाख रुपैयाँ बराबरको माग दाबी भएको प्राधिकरणले जनाएको छ । यो बीमा लेखमा दाबी संख्या भने ६ वटा मात्रै छन् ।
त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमालेख अन्तर्गत ४ आवेदनबाट ५ करोड ५५ लाख रुपैयाँ बराबर माग दाबी परेको छ भने सम्पत्ति बीमा अन्तर्गत १० बिमितले ४ करोड १८ लाख रुपैयाँ बराबर दाबी गरेका छन् ।
त्यसैगरी मोटल बीमा अन्तर्गत सार्वजनिक ३२ र निजी ११ गरी कुल ४३ बिमितले ३ करोड ४९ लाख रुपैयाँ बराबर माग दाबी गरेको प्राधिकरणले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया