कांग्रेस–एमाले सरकारको एक वर्ष,सुशासन र स्थायित्वको प्रतिवद्धता पूरा गर्न असफल 

विदुर खबर २०८२ असार ३० गते ८:५१

नुवाकोट । नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको एक वर्ष पुगेको छ।

Advertisement

सात बुँदे सहमतिका आधारमा गठन गरिएको सरकार संविधान संशोधन, सुशासन र स्थायित्वको प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना भइरहेको छ।

संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलहरू स्वयम् सहमतिप्रति गैरजिम्मेवार बनेको आरोप लाग्दै आएको छ।

Advertisement

विपक्षी दलहरूदेखि विश्लेषकहरूसम्मले सरकार ‘भ्रम सिर्जना’ र ‘स्रोत दोहन’ मा केन्द्रित भएको बताउँदै राजनीतिक वैधता गुमाएको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब देशको नेतृत्व वैकल्पिक शक्तिहरूले गर्ने समय आएको बताएका छन्।

प्रतिक्रिया