रसुवा बाढीमा मृत्यु हुनेको संख्या ११ पुग्यो
नुवाकोट । रसुवामा माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

त्रिशूली नदीको तल्लो क्षेत्रमा थप दुई शव फेला परेसँगै मृतकको संख्या बढेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार बाढीमा फसेका, अलपत्र परेका र सडक बन्द हुँदा रोकिएका गरी हालसम्म ८६२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको छ। अहिलेसम्म एकजनाको मात्र सनाखत भएको र अन्य शवहरूको पहिचान प्रक्रिया जारी रहेको बताइएको छ। कतिपय शव चिन्न नसकिने अवस्थामा भेटिएका छन् भने कतिपय अवस्थामा मानव अङ्ग मात्र फेला परेका छन्।
प्रहरीका अनुसार हालसम्म १९ जना बेपत्ता रहेका छन्। हराइरहेकामध्ये रसुवाका प्रहरी असई लालबहादुर श्रेष्ठको शव पहिचान भई अन्त्येष्टि गरिएको छ भने अन्य शवको सनाखत नहुँदा अस्पतालमा राखिएको छ।
बेपत्ता भएकाहरूको खोजीका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने खोज तथा उद्धार कार्य जारी छ।
यसअघि आएको बाढीले नेपाल–चीन सिमानाको मितेरी पुल बगाउनुका साथै २४ कन्टेनर, ६ ट्रक र ४२ इभी गाडी बगाएको छ। साथै, धुन्चे–टिमुरे सडकमा ठूलो क्षति पुगेको छ भने रसुवागढी जलविद्युत आयोजनाको ड्याम र भन्सार कार्यालयको यार्डमा समेत क्षति पुगेको छ।
जल तथा मौसम विज्ञान विभागले बाढीको कारण माथिल्लो हिमताल विस्फोट भएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया