रसुवा नौकुण्डका उर्पा लोप्चन कारगार चलान
रसुवा । मानव बेचबिखन मुद्दाका एक जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

रसुवाको नौकुण्ड गाउँपालिका-६ का उर्पा तामाङ भन्ने उर्पा लोप्चन सोमबार काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान भएका हुन् । उनलाई प्रहरीले यही जेठ ८ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-३ बाट पक्राउ गरेको थियो ।
जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि उनलाई कारागार कार्यालय जगन्नाथ देवल चलान गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी, एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
परिवर्तित नाम २६ बबरमहल (१६७) र (१६८)लाई कुमार तामाङ र उर्पाले इराकको कुर्दिस्तानमा मासिक ४५ हजार तलब हुने घरेलु काममा पठाइदिने भनी काठमाडौंमा मेडिकल गराई २५ दिनसम्म बालाजुको एक होटलमा राखी बेचबिखन गर्ने उद्देश्यले २०८० जेठ १८ गते काठमाडौंबाट भारत लैजान लागेका थिए ।
त्यसक्रममा झापाको काँकडभिट्टामा रहेको ‘साना हातहरू’ नामक संस्थाले पीडितलाई उद्धार गरी सोही जेठ २१ गते ब्यूरोमा मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता भएको थियो ।
अर्का प्रतिवादी कुमार यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए भने उर्पा भने फरार थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया