युवा संघ नेपालको संयोजकमा नुवाकोटका थापा

विदुर खबर २०८२ वैशाख २७ गते २१:४८

नुवाकोट । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको महाधिवेशन आयोजक समिति संयोजकमा नुवाकोटका रोशन थापा बनेका छन् ।

Advertisement

नुवाकोटको पन्चकन्या गाउँपालिकाका थापा आयोजक कमिटिको संयोजक चयन भएका हुन् । इन्चार्ज लक्ष्मण केसीले बक्तव्य जारी गरी थापा संयोजक रहेको आयोजक समिति बनाइएको जानकारी दिएका हुन् ।

यो समितिले आगामी भदौमा महाधिवेशन गर्ने पनि निर्णय भएको छ । आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई बनेका छन् ।

Advertisement

आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ ।

कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

Advertisement

प्रतिक्रिया