नुवाकोटमा ७ सय यातायात कारवाहीमा,एक हप्तामा ६ लाख ६६ हजार राजस्व संकलन
नुवाकोट कार्तिक ६, बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ ।
बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ ।
फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशँै मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडाँै फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो । ट्राफिक कार्यालयले एक हप्तामा रु ६ लाख ६६ हजार राजश्व पनि उठाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया