चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा
विदुर खबर
२०८१ कार्तिक २३ गते १०:४१

नुवाकोट । बहु प्रतिक्षित चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।
रसुवाको थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।
सम्बन्धित
प्रतिक्रिया