धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
विदुर खबर
२०८१ असार २९ गते ९:१२
नुवाकोट । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बिहीबार दिउँसो धादिङको रोराङ गाउँपालिका-१० स्थित पानीधारा भन्ने ठाउँमा ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार पहिरो पन्छाउन करिब १ घण्टा लाग्नेछ । बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको थियो भने जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया