नुवाकोट जिल्ला लिगको उपाधि बट्टार युथ क्लबलाई
नुवाकोट । नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि बट्टार युथ क्लबले हात पारेको छ ।
शनिवार सम्पन्न भएको फाईनल खेलमा न्यु ईनारपाटी युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरि बट्टारले उपाधिमाथि कब्जा जमाएको हो ।
गत शनिवार शुरु भएको प्रतियोगिताको फाईनल खेलको बाँकी रहेको समयको खेल आज खेलाइएपछि उपाधि विजेताको टुङ्गो लागेको हो ।
यसअघि गत शनिवार भएको खेलको ६५ औ मिनेटमा न्यु ईनारपाटी युवा क्लबले प्रहार गरेको गोललाई रेफ्रीले अफसाईड दिएपछि खेलाडी र दर्शकहरुले रफ्रीमाथि हात हालका थिए । त्यसपछि अवरुद्ध बनेको खेल पटक पटक गरि तीनपटक स्थिगित भएको थियो ।
प्रतियोगिताको विजेता बनेको बट्टार युथ क्लबले ५० हजार रुयैयाँ नगदसहित मेडल ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै उप–विजेता बन्न सफल भएको न्यु ईनारपाटी युवा क्लबले २५ हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । 
ईनारपाटीले रेफ्रीमाथि छानविन गरि कारवाही र आफुले गरेको गोललाई मान्यता दिनुपर्ने माग गर्दै प्रतियोगिता नखेल्ने बताएको थियो ।
तर नुवाकोट जिल्ला फुटवल संघले भने उल्टै ईनारपाटी युवा क्लबलाई कारवाही गर्ने चेतावनी दिएपछि आज खेल सम्पन्न भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया