काठमाण्डाै उपत्यकाकाे फोहरको दिगो व्यवस्थापन साढे तीन वर्षभित्र हुन्छ : मेयर शाह
नुवाकोट । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाण्डौ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
२९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाण्डौ उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।
उनले अबको साढे तीन वर्षभित्र फोहरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको समेत बताए । मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह समेत गरेका छन् ।
‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाण्डौ महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तीमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’उनले भने ।
मेयर शाहले काठमाण्डौ उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि सङ्घ सरकारसँग आग्रह गरेका छ न्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया