नुवाकोटमा विद्युतीय सवारीका लागि दुई चार्जिङ स्टेसन तयार
नुवाकोट । विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विदुर नगरपालिका-४ स्थित बसपार्क र हावाघरमा निर्माण भएका स्टेसन बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
चार्जिङ स्टेसनको उद्घाटन विदुर नगरप्रमुख राजन श्रेष्ठले गरे । अब इलेक्ट्रिक गाडी प्रयोगकर्ता नुवाकोटवासी र लिएर बाहिरबाट आउनेलाई चार्जिङ स्टेसनले सजिलो हुने उनले बताए । सार्वजनिक यातायातका साधनलाई बसपार्कमा र निजी सवारीलाई हावाघरमा चार्जिङको व्यवस्था मिलाइएको छ ।
बसपार्कमा निर्माण भएको स्टेसनका लागि जग्गा विदुर नगरपालिकाले उपलब्ध गराएको छ भने हावाघरको चार्जिङ स्टेशन विद्युत प्राधिकरणकै जग्गामा निर्माण भएको हो ।
चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन खरिद गरी चलाउने व्यवसायीलाई विदुर नगरले प्रोत्साहन गर्ने मेयर श्रेष्ठले बताए ।
चार्जिङ स्टेशन उद्घाटनमा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, १३ वटै वडाका वडाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ र विद्युत प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया