निर्माण व्यवसायीलाई तत्कालै दिन सक्ने बजेट छैन : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आयोजना गरेको कार्यक्रममा उनले स्रोतको अभावका कारण निर्माण व्यवसायीको माग पूरा गर्न नसक्ने बताएका हुन् ।
आफूहरुले गरिसकेको कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । तर अर्थमन्त्री महतले विगतमा स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएका कारण अहिले समस्या भएको बताए ।
‘ठेक्का लाग्यो काम थाल्यो, स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेज छैन’ उनले भने, ‘ त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया