नुवाकोटको त्रिशूली अस्पताललाई सय बेडमा स्तरोन्नति गरिने
नुवाकोट । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जिल्ला अस्पताल त्रिशूलीलाई सय बेडमा स्तरोन्नति गर्ने बताएका छन् ।
बिहीबार ५९ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री जोशीले ५० शय्या भएको अस्पताललाई सय शय्या पुर्याउने बताएका हुन् । ‘स्थानीयको मागलाई आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछु,’ मन्त्री जोशीले भने, ‘हुँदा खाने वर्गको पहुँचको रुपमा यो अस्पताललाई बनाइने छ ।
त्यसका लागि कार्यविधि बनाएर मन्त्रालयले कार्य गर्ने छ ।’ उनले ६५ वर्षभन्दा माथिकालाई निःशुल्क दन्त सेवाको कार्यक्रमसमेत ल्याइने जानकारी दिए । महिलाको पाठेघरको मुखको क्यान्सरको खोपका लागि संघीय स्वास्थ्य मन्त्रालयसँग पहल भइरहेको मन्त्री जोशीले बताए ।
यस्तै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जिल्ला अस्पताल त्रिशूलीलाई अपग्रेड गर्न बजेट विनियोजन गरी अगाडि बढाउने आश्वासन दिए । ‘नुवाकोट, रसुवा र धादिङ जिल्लाको महत्वपूर्ण अस्पताल हो,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने पूर्वाधार र बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछु ।’ उनले अस्पतालका प्रयोगशाला, कर्मचारी र चिकित्सकलाई सुव्यवस्थित बनाउन अस्पताल विकास समितिलाई निर्देशन दिए ।
वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङले जिल्ला अस्पताललाई आवश्यक जनशक्ति र बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले अस्पतालभित्र राजनीति नगरी बिरामीको उपचारका लागि सबै एकजुट भएर लाग्न आग्रह गरिन् ।
त्रिशूली अस्पतालमा दैनिक २ सयदेखि ३ सय बिरामी उपचार गर्न आउँछन् । अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले स्थायी चिकित्सकको खाँचो रहेको बताए ।
उनले छात्रवृत्तिमा आएका चिकित्सकले बिरामीको उपचार धानिरहेको बताउँदै स्थायी चिकित्सकसहितको जनशक्ति पठाइदिन प्रदेश सरकारसँग माग गरे । उनले अस्पतालको भौतिक पूर्वाधारका लागि जग्गा अभाव रहेकाले विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराइदिनसमेत आग्रह गरे ।
त्रिशूली जलविद्युत् गृह निर्माणमा खटिएका नेपाल–भारतका कामदारहरुको उपचारका लागि २०२० सालमा खोलिएको स्वाथ्य उपचार केन्द्र नै हालको जिल्ला अस्पताल हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया