रसुवाको सुख्खा बन्दरगाहको निर्माण ४५ प्रतिशत सम्पन्न
टिमुरे । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राईपोर्ट)को ४५ पतिशत निर्माणको काम सम्पन्न भएको छ ।
चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात–निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।
कोरोना सब्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । कम्पनीका पबन्धक हवाब पिबले बन्दरगाह निर्माणको काम नियमित रूपमा भइरहेको जानकारी दिए ।
सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नदी किनारमा पर्खाल लगाउने काम सकिएकाले अन्य काम छिटो हने बताए । भन्सार पास हुन आएका सवारी–साधन महिनौँसम्म बन्दरगाहमा पार्किङ गरेरराख्दा निर्माण कार्यमा समस्या भएको उनको भनाइ छ । दई अर्ब १६ करोड ६० लाख रुपैयाँको लगानीमा बन्दरगाह निर्माण हनु लागेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजरेलले उत्तरी नाका रसुवामा निर्माण हन लागेको बन्दरगाहले आयात निर्यातलाई सहज बनाउने जानकारी दिए ।
नेपाल–चीनबीचको महत्वपूर्ण रसुवा नाकामा रामो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,’ उनले भने । रस ु वा नाका नेपालको ु नजिक पर्ने हँदा बन्दर ु गाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ ।
बन्दरगाहभित्र तीन सय १३ साना र २३ वटा ठूला कन्टेनर रहनेछन् । बन्दरगाहभित्र इमिग्रेसन र पार्किबको व्यवस्था रहनेछ । त्यस्तै, कार्गो गोदाम र दुईवटा भवन निर्माण गर्ने योजना छ । समितिका अनसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टिन कार्यालय, बैंक र सरक्षासमेतका निकाय रहनेछन् ।
रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखपट्टनम हँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारतको हँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढवानी लागत घट्ने हुँदाु उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायी जीवन पौडेलको भनाइ छ ।
रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनमान छ । चीनमा नेपालको व्यापार १३ पतिशत रहेको छ । तातोपानी नाका, रस ्र वा ु र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हने गर्छ ।
आयात नियमित रूपमा भइरहे पनि कोरोना सब्क्रमणका कारण लामो समयदेखि बन्द भएको रसवा नाका गत पुषमा खुलेर नियमित रूपमा निर्यात हन थालेको छ । हालसम्म नाकाबाट चीनमा चार सय ७० कन्टेनर सामान निर्यात भएको रसवा भन्सार कार्यालयले जनाएको छ ।
हाल दैनिक १० देखि १५ वटा कन्टेनर सामान नेपालबाट चीन जाने गरेको कार्यालयको तथ्याङक छ । कार्यालयका चालू आवको जेठसम्म रसवा ु नाकाबाट १६ अर्ब ३० करोड रुपैयाँको सामान आयात भएकामा एक अर्ब ६२ करोड रुपैयाँबराबरको सामान निर्यात भएको छ । सामान आयात गरेर सात अर्ब २५ करोड राजस्व सब्कलन भएकोसमेत कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया