नेपाली कांग्रेस नुवाकोटका नेता तामाङ पक्राउ
नुवाकोट । नेपाली कांग्रेसका नेता सुनबहादुर तामाङ ठगी आरोपमा पक्राउ परेका छन ।
झण्डै चार सय चेलिबेटी दिल्लीको कोठीमा बेचेको आरोप लागेर सुरूवाती अदालतबाट दोषी प्रमाणित भएका सुनबहादुर सर्वोच्चबाट माथिल्लो अदालतबाट सेटिङमा सफाइ पाएर राजनीतिमा फर्किएका थिए ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का संस्थापक वडा अध्यक्ष सुनबहादुर काठमाडौँको माकलबारीबाट पक्राउ परेका हुन । सुनबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा पक्राउ गरेको हो । सुनबहादुरले जापान पठाउने नाममा एक महिलालाई ठगी गरेका थिए ।
जापान पठाउने भन्दै उनले एक महिलाबाट १२ लाख रुपैयाँ लिएका थिए । जापानमा मासिक १ लाख कमाइ हुने गरी कृषि काममा र पठाइदिने र त्यसका लागि १२ लाख लाग्ने भन्दै सुनबहादुरले पैसा ठगेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले सुनबहादुरलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने





प्रतिक्रिया