नुवाकोटमा सुत्केरी मृत्यु घटना : सहमतिपछि सडक सञ्चालनमा
नुवाकोट । पासाङल्हामु र गल्छी–काठमाडौं जाने अवरुद्ध सडक अपराह्वबाट सञ्चानलमा आएको छ ।
शल्यक्रियाका क्रममा त्रिशूली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले शनिबार बिहानदेखि पिपलटार, गंगटे, बुनिबेंसी र महादेवफाँट क्षेत्रका सडक अवरूद्ध पारेका थिए ।
त्रिशूली अस्पतालका प्रमुख चिकित्सक तथा मेडिकल सुपरिटेण्डेन्ट दिपेन्द्र पाण्डे छिट्टै सरुवा भई जाने, शल्यक्रिया गर्ने चिकित्सक काठमाडौं जाने र अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले वार्ता टोलीमा रहेका सबैका अगाडि गल्ती स्वीकार गरी माफी मागेपछि आन्दोलन फिर्ता भएको पीडित पक्षका कृष्णप्रसाद भट्टले बताए ।
त्यसैगरी मृतकका शिशुको उच्च शिक्षाको लागि विदुर नगरपालिकाले सहयोग गर्ने र अस्पतालले पीडित दुई बच्चाको स्वास्थ्य कार्ड बनाइदिने सहमति भएको छ । सहमतिपछि जिल्लाभित्र र रसुवादेखि आएर रोकिएका सवारीसाधन सञ्चालन भएका छन् ।
बुधबार जिल्ला अस्पताल त्रिशूलीमा शल्यक्रिया गर्दा विदुर नगरपालिका–५ पिपलटारकी २६ वर्षीया सरिता न्यौपानेको मृत्यु भएको थियो । बिहीबार पीडितपक्षले अस्पतालको लापरबाहीले उनको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालयको रोहबरमा पीडित पक्ष र अस्पताल प्रशासनबीच क्षतिपूर्ति तथा घटनाको छानबिन गर्ने सहमति भई टुंगोमा पुगिसकेको विषयलाई त्रिशूली अस्पतालका मेसु पाण्डेले शुक्रबार विज्ञप्ति जारी गरेपछि पीडित पक्ष आन्दोलित भएर सडक बन्द गराएका थिए ।
मेसु पाण्डेले जारी गरेको विज्ञप्तिमा पीडित पक्ष स्वयंले हस्ताक्षर गरी शल्यक्रिया गराइएको, क्षतिपूर्ति अस्पताल प्रशासनले नभई विदुर नगरपालिकाले शिशुको पालनपोषणको लागि लगायतका विषयवस्तु आएपछि पीडित पक्ष आक्रोशित बनेका थिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले अस्पतालले आफ्नो गल्ती सच्याएर दुवै पक्षलाई राखेर वार्ता गरी सडक सञ्चालन गराइएको बताए । मृत्यु भएकी सुत्केरी न्यौपानेको सोमबार त्रिशूली अस्पतालमा सुत्केरी गराइएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा पठायो । त्यहाँ उनको बुधबार मृत्यु भएपछि पीडित पक्षले त्रिशूली अस्पतालको ढोकामा शव ल्याएर राखेर दोषीमाथि कारबाही माग गरे । त्यसपछि विवादले चर्को रुप लिएपछि जिल्ला प्रशासनको रोहबरमा बिहीबार राति ६ बुँदे सहमतिपछि पीडित पक्षले शव उठाएका थिए ।
सहमतिपत्रमा घटना छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजकत्वामा ५ सदस्यीय छानबिन समिति गठन, दोषीमाथि कारबाही, नवजात शिशुको पालनपोषण, अस्पताल र विदुर नगरपालिका समेतले १३ दिनभित्रमा ५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया