नुवाकोटमा चारसहित प्रदेश नं ३ को दश जिल्लामा ६१ प्रहरी चौकी निर्माण हुने
नुवाकोट भदौ २७, प्रदेश नं ३ ले रु एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ ।
सङ्घीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो । उहाँका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।
प्रहरी भवन निर्माण गरी बजेट सदुपयोग गर्ने लक्ष्यका साथ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । ती चौकी निर्माण भएपछि प्रहरीका लागि आगामी दिनमा कार्य सम्पादनका लागि सहज हुने विश्वास प्रदेश सरकारले लिएको छ । भूकम्पले भत्काएका तथा पुराना भएका प्रहरी चौकीलाई अत्याधुनिक बनाउन लागिएको हो । कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिको आफू विरोधी भएकाले एक पटकमा एक मात्र क्षेत्रमा राज्यको लगानी गरेर परिणाम ल्याउनुपर्दछ भन्ने मान्यतामा रहेको मन्त्री जम्मकट्टेलको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया