देउवालाई काँग्रेस सभापति भईरहने नैतिक हक छैन
विदुर खबर
२०७९ पुष १४ गते १२:११
शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति हुन्, तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा काँग्रेस हुन् कि काँग्रेसलाई भित्रैदेखि कीरा पारेर सडाउने छद्मभेषी वा कसैका एजेण्ट हुन् ?हिजोसम्म यो प्रश्न अतिशयोक्ति र पूर्वाग्रह प्रेरित जस्तो लाग्थ्यो होला, तर आज स्वाभाविक रुपमा यो प्रश्न पार्टीभित्रै उठेको छ, उठ्नुपर्छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भएको व्यक्तिले मुलुक र यसका सञ्चालक पार्टीहरूलाई नचिनेर भूलचूकवश यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन ।
दुईपटक नेपाली काँग्रेसको वैधानिक सभापति र एकपटक पार्टी फुटाएर बनेको सभापति भएको व्यक्तिको कहिल्यै मति सुध्रिएन, चेत फिरेन, आनीबानी नै यस्तो हो भनेर अब कुनै सच्चा लोकतन्त्रवादी स्वाभिमानी र निष्ठावान काँग्रेसजनले सहज रुपमा लिने अवस्था र उनलाई पार्टी सभापति मानिरहनु पर्ने कुरै रहेन ।
पाँचदलीय गठबन्धनको जोड उनैको थियो । यो गठबन्धनको विरोध गर्नेहरूलाई उनैका चट्टाबट्टाले ‘गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ…..’ भन्ने सम्मका काँग्रेसको संस्कारसँग नमिल्ने र अशोभनीय ओठे जवाफ दिएको सुन्नुपरेको थियो । गठबन्धनको नाममा उनैको मर्जीले गर्दा प्रतिनिधिसभाको लागि ७४ सिटमा माया मारेर ९१ सिटको उम्मेद्वारीमा खुम्चिनु परेको थियो भने प्रदेशसभाको हकमा पनि देशभर यस्तै नीति लिईयो । चितवन, पर्सा, धनुषा, कास्की जस्ता काँग्रेसका ऐतिहासिक र गौरवभूमि गठबन्धनका नाममा काँग्रेसले त्याग्नुपरेको खेदजनक स्थितिमा पु¥याइएको छ ।
एकातिर ३५ लाख नयाँ मतदाता थपिएका छन्, अर्कातिर काँग्रेसले अघिल्लो निर्वाचनको तुलनामा सातलाख मत गुमाएको अवस्था छ । २०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी मिलेर निर्वाचन लड्दा पनि काँग्रेसको एमालेकै हाराहारीमा लोकप्रिय मत थियो । तर त्यस यता काँग्रेसको छवि र जनाधारमा नै घात हुने काममा सभापति देउवाको प्रत्यक्ष हात रहेको छ । पार्टीका क्रान्तिकारी, जनप्रेमी र निष्ठावान कार्यकर्ताहरूलाई यो वा त्यो बहानामा अन्यायपूर्वक निरास र हतोत्साही बनाएर पन्छाउने र भ्रष्टाचारी, तश्कर, कालोधन वा आर्थिक अपराधका धनपतिहरूलाई प्रश्रय, संरक्षण र पुरस्कृत गर्ने परिपाटी उनीबाटै बसाईएको छ ।
पाँचदलीय गठबन्धन तहसनहस हुनुमा सभापति देउवाकै दुर्बुद्धि, खोक्रो अहंकार र काँग्रेसघाती हर्कतको परिणाम हो । सत्तामा आफ्नो औचित्य स्वयंले समाप्त गरेका देउवालाई काँग्रेसको सभापति हुने र उनलाई सभापति मानिराख्नु पर्ने औचित्य समाप्त भएको छ ।
अतः शेरबहादुर देउवाले या त सभापति पदबाट राजिनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ । नत्र भने पार्टीको विशेष महाधिवेशन राखेर उनलाई पदमुक्त गर्नु जरुरी भएको छ । सभापतिको गरिमामय पद कसैको मनपरि गर्ने र पार्टीकै हुर्मत लिने थलो कदापि होइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना








काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया