देउवाले बहादुरलाई रोज्दा बानियाँको हार
नुवाकोट । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सबैजसो चुनावी कार्यक्रममा आफू मुख्यमन्त्री बन्ने र विकासका कामलाई तीव्र बनाउने योजना सुनाए ।
माओवादी केन्द्रसहितका दलसँग गठबन्धन र कांग्रेसको प्रदेश सभापति भएकाले उनको दाबी अस्वाभाविक थिएन । ३७ सांसदसहित कांग्रेस प्रदेशसभाकै सबैभन्दा ठूलो पनि बन्यो । तर सरकार गठन गर्ने बेला माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गरेपछि बागमती प्रदेशमा तत्कालका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना टर्यो । मुख्यमन्त्री बन्ने योजनामा रहेका बानियाँ भने संसदीय दलको नेता पनि बन्न सकेनन् ।
केन्द्रीय सभापति शेरबहादुर देउवाकै साथ नपाएपछि उनी संसदीय दलको नेतामा बहादुरसिंह लामासँग पराजित भएका छन् । प्रदेशसभा सदस्य मीना पोखरेल भन्छिन्, ‘दुवै जना नेता एउटै टिमबाट हुनुहुन्थ्यो । तर आज बिहान ११ बजे सभापतिले बहादुर सिंह लामालाई जिताउनु भनेर भन्नुभयो ।’
त्यही कारण दलको नेता चयनका लागि बुधबार भएको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँको पक्षमा १६ मत मात्र खस्यो । लामा र बानियाँ दुबै संस्थापन पक्षका सांसद हुन् । पछिल्लो समय सभापति देउवासँग बानियाँको सम्बन्ध बिग्रिएको नेताहरु बताउँछन् । उनीमाथि सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई प्रतिनिधि सभाको निर्वाचनमा असहयोग गरेको आरोप पनि थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया