सडक नबन्दा ककनीमा आउनै छाडे पर्यटक
नुवाकोट । नुवाकोट ककनीमा पासाङ ह्लामु मार्ग नबन्दा पर्यटकको संख्या घट्दै गएको छ ।
उनीहरूले ८ वर्षदेखिको पुनर्निर्माण गर्न भनेर ठाउँठाउँमा भत्किएका सडक अझैसम्म नबन्दा आवतजावतमा समस्या भएको छ भने ककनी आउने पर्यटकसमेत आउन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
‘बाटो बनाउँछौं भनेर नेताहरू आए,’ स्थानीय सोममाया तामाङले भनिन्, ‘भोट दियौं, सडक बनेन । आवतजावत गर्न बर्खामा समस्या छ । यहाँ आउने पर्यटकको संख्या यसअघिभन्दा धेरै घटेको छ ।’ यो काठमाडौं नजिकको पर्यटकीय स्थल हो । यहाँ सरकारी, गैरसरकारी कार्यालयदेखि विद्यार्थीसम्मको वनभोज खान आउने ठाउँ हो ।
यहाँबाट आकाश खुल्ला भएको समयमा लाङटाङ, गणेश, मनास्लु, दोर्जे ल्हाक्पा, अन्नपूर्ण, सान्जेनलगायत दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ भने नुवाकोटको थानसिङ, चौघडा, छहरे फाँटहरूको समेत अवलोकन गर्न सकिन्छ ।
‘पहिला आन्तरिकसँगै बाह्य पर्यटक पनि आउने गर्थे,’ ककनी गाउँपालिका ५ घमाइलोका स्थानीय विष्णु तामाङले भने, ‘पहिला धेरै मान्छेहरू आउँथे । व्यापार हुन्थ्यो । अहिले पर्यटक फाटफुटमात्रै आउँछन् । व्यापार पनि घट्यो ।’
ककनी काउले भन्ज्याङदेखि अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रसम्म दुई दर्जनभन्दा बढी साना ठूला होटलहरू छन् । बालाजुदेखि ककनीसम्मको दुरी २० किमि छ । काठमाडौंको मुड्खु, तीनपिप्लेलगायत ठाउँमा सडक सुधार भए पनि नुवाकोटतर्फको सडकको अवस्था अझै पनि उस्तै छ ।
पासाङ ल्हामु सडकको लागि संघ र प्रदेश सरकारसँग हारगुहार गरेर बनाउन लागिपरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए । ‘०७१ सालदेखि सडक हुँदा कति व्यापार हुन्थ्यो‚ अहिले निराशाजनक अवस्था छ,’ उनले भने । यो नै जिल्लाबाट काठमाडौंसम्म यात्रा गर्ने पहिलो सडक हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया