नुवाकोटको पिपलटारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
विदुर खबर
२०७९ पुष १० गते २१:४१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका ५ पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा ५२ प ५८६८ नम्बरको मोटरसाइकल गुडिरहेको टिपरको पछाडिपट्टि ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक विदुर ५ का ३१ वर्षीय दिपक कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दुवै सवारीसाधन देवीघाटबाट गंगटेतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया