नुवाकोट क्षेत्र नम्बर २ मा ११ जनाको मनोनयन दर्ता
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको लागि ११ जनाको उम्मेद्धवारी परेको छ ।
नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि ११ जनाको मनोनयन परेको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिएको छ । यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ (१) मा १३ जना, प्रदेशसभा १ (२) मा ७ जनाको मनोनयन परेको छ । प्रतिनिधिसभा सदस्यको लागि ३ जना र प्रदेशसभा सदस्यको लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमालेबाट नारायणप्रसाद खतिवडा, नेपाली काँग्रेसबाट अर्जुननरसिंह केसी, राष्ट्रिय स्वतन्त्रबाट सुमनविक्रम पाण्डे, राप्रपाबाट झनक प्याकुरेल, लोकतान्त्रिक समाजवादीबाट धनकुमारी सुनार, नेपाल मजदुर किसानबाट गणेशमान बाटांकछी, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेममाया तामाङ र जनता समाजवादीबाट हिमाल जोशीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, प्रतिनिधिसभा सदस्यकै लागि स्वतन्त्रबाट गायत्री दाहाल, विनोदकुमार तामाङ र सुदर्शन पुडासैनीले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को लागि नेकपा एमालेबाट केशवराज पाण्डे, नेपाली काँग्रेसबाट गीता अमात्य, नेपाली काँग्रेस बीपीबाट ईश्वरी बोगटी, राप्रपाबाट दिपेश लामा ‘निश्चल’, नेकपा माओवादी केन्द्रबाट रामप्रसाद ढुंगाना, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्र तामाङ, आमुल परिवर्तनबाट प्रेमबहादुर नेपाली, लोकतान्त्रिक समाजवादीबाट राजन विश्वकर्मा र नेपाल मजुदर किसानबाट श्याम लामाले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेशसभा सदस्यकै लागि स्वतन्त्रबाट देवेन्द्र न्यौपाने, भरत कुमाल र शम्भुप्रसाद पनेरुले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को लागि नेकपा एमालेबाट विजयसिंह लामा तामाङ, नेपाली काँग्रेसबाट बहादुरसिंह लामा, राप्रपाबाट रणप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रबाट राममाया बोगटी, मंगोल नेशनल अर्गनाइजेसनबाट दिलमान तामाङ र हाम्रो नेपालीबाट बसन्त सापकोटाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, प्रदेशसभा सदस्यकै लागि स्वतन्त्रबाट भिमराजा लामाले मनोनयन दर्ता गराएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया