महँगी रोक्न भन्दै नुवाकोटमा बजार अनुगमन
नुवाकोट । बढ्दो महँगी नियन्त्रणका लागि भन्दै जिल्लामा बजार अनुगमन गरिएको छ ।
बुधबार नुवाकोटको ढिकुरे, गंगटे, बट्टारबजारका एकदर्जन पसल तथा पानी उद्योगदेखि बोतलका पेय पदार्थदेखि पिउने पानी, खाद्यान्न सप्लायर्स, कस्मेटिक पसल, मोबाइल बिक्री केन्द्र, किराना पसलहरुको अनुगमन गरिएको हो ।
स्थानीय प्रशासनको अगुवाई गरिएको बजार अनुगमनअन्तर्गत राष्ट्रिय अभियानबाट उपभोक्ताहरु ठगिनबाट सचेत होउन्, खरिद गरेका वस्तुको उत्पादन मुल्य र सकिने मिति हेरेरमात्र लिन, म्याद गुज्रेका वस्तु उपभोक्तालाई नदिनसमेत बिक्रेतालाई सचेत गराइएको छ । बजार अनुगमनको क्रममा म्याद गुज्रिएका दुई बोरा पेयपदार्थ र विस्कुट बरामद गरिएको थियो ।
कतिपय बिक्रेतालाई आफ्नो व्यवसाय नवीकरण गराउनसमेत भनिएको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गएको टोलीले जनाएको छ ।
उनका अनुसार घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पत्रकार, नेपाल प्रहरी, उपभोक्त हित संरक्षण मञ्चका पदाधिकारीले बजार अनुगमन गरेका हुन् ।
केन्द्रीय सरकारले प्रत्येक महिनाको २५ गतेलाई बजार अनुगमनको रुपमा राष्ट्रिय अभियान थालेकोले जिल्लामा अनुगमन गरिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।
विक्रेतालाई एक पटकलाई सचेत र सजग गराएको सहायक प्रजिअ वेदप्रसाद अर्यालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया