नुवाकोटको सबै स्थानिय पहिरोको उच्च जोखिममा,चार हजार २०० घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख

नुवाकोट भदौ १५, जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको हो । दुई नगरपालिका र १० गाउँपालिकामा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा पहिरो पहिलो स्थानमा रहेको छ ।
जिल्लामा सबै स्थानीय तहमा अध्ययन गर्दा पहिरोको समस्या उच्च रहेको देखिएको अध्ययनमा संलग्न इञ्जिनीयर रामकृष्ण राजभण्डारीले बताउनुभयो । पहिरोपछिको विपद्मा बाढी रहेको छ । बाढीको जोखिम पनि जिल्लामा धेरै रहेको केही वर्षका घटनाले देखाइरहेको छ ।
प्रतिवेदनमा जनावरको आतङ्क, आगलागी, सडक दुर्घटना, हुरीबतास, चट्याङलगायतका विपद्का जोखिम रहेको उल्लेख गरिएको छ । स्थलगत अध्ययन, विगतमा भएको विपद्का घटना र जिल्ला प्रशासन कार्यालयमा आएका विपद्को घटनाका निवेदनको आधारमा नुवाकोटमा पहिरोको जोखिम धेरै रहेको देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उद्धवबहादुर थापाले बताउनुभयो ।
‘‘विपदहरुमा पहिरोको जोखिम बढी भनेर अन्य विपद्लाई बेवास्ता गर्नु हुँदैन । सबैखाले विपद्को जोखिमलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’’ उहाँले भन्नुभयो । विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ले जिल्लामा विपद् जोखिम न्यूनीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पहिरोले बढेर गएमा जिल्ल्लामा चार हजार २०० घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्काल ४५० घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । पहिरोको कारण विपद् आएमा तत्काल उद्धार र राहतको लागि रु एक करोड ३४ लाख रकम आवश्यक पर्ने ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जनाइएको छ ।
पहिरोको कारण आफ्नो गाउँपालिकामा १३० घर जोखिममा परेको जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । जिल्लामा पहिरोको समस्या धेरै बढ्न थालेकाले यसको नियन्त्रणको लागि दीर्घकालीन योजना निर्माण गरी सबै स्थानीय तहले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार साउन महिनायता मात्र जिल्लामा पहिरो र बाढीको कारण करोडौंको क्षति भएको छ । पहिरोबाट एक जनाको मृत्यु भएको छ भने पहिरो र बाढीका कारण २१ घरमा क्षति भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया