भदौ १ देखि बन्चरेमा फोहोर फाल्न प्रतिबन्ध
नुवाकोट । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि डम्पिङ साइट अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।
समितिले आगामी साउन ३१ गतेसम्म फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष सम्वेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्नेलगायतका आवश्यक कार्य शुरू नगरे सधैंका लागि बन्द गर्ने चेतावनी दिएको हो ।
समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर सरकार, राजनीतिक दलहरू, प्रशासनिक तथा न्यायिक निकाय र काठमाडौं महानगरपालिका समेतलाई समस्या समाधानका लागि अन्तिम पटक अनुरोध गरेको जानकारी दिएको छ ।
विभिन्न बहाना बनाउँदै समितिसँग गरेको सहमति कार्यान्वयन नगर्ने सरकारको नियत देखिएको भन्दै उपत्यकाको फोहोरमैला सिसडोल र बन्चरेडाँडा लैजान सधैंको लागि बन्द गर्ने बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरेहको पत्रकार सम्मेलनमा बताइएको थियो ।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र वातावरण विनास भएको महानगरपालिकाले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै बन्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले सरकारसँग भएको सहमति पूरा गराउन सरोकारवाला निकायको ध्यानाकार्षण गराउनुभएको थियो ।
उहाँले महानगरपालिका र सरकार सहमति कार्यान्वयनमा अघि नबढे आगामी भदौ १ गतेदेखि सधंैकोे लागि उपत्यकाभित्रका फोहोरमैला अब बन्चरेडाँडा ल्यान्डफिल वा सिसडोल ल्याण्डफिल साइटमा विसर्जन गर्न नदिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘यसबारेमा सम्बन्धित मन्त्रालय र महानगरलगायत सबै सरोकारवाला निकायलाई जानकारी दिइसकेका छौं । अब कुनै पनि बहानामा छुट दिँदैनौं ।
सरकार र सबै १७ वटा नगरपालिकाका अधिकारीहरू, राजनीतिक दलहरू, मन्त्रिपरिषद्लाई भन्न चाहन्छु, तपाईंहरूको सत्ता, विरासतको लागि र अभीष्ट पूरा गर्नको लागि नेपाली जनतालाई फोहोरमैलामा बली चढाउन सकिँदैन ।’
उहाँले भदौ १ गतेदेखि सरकारी सेता गाडी र फोहोरका गाडी नुवाकोट र धादिङमा प्रवेश गर्न नदिइने पनि बताउनुभयो । महानगरले १८ वर्षसम्म ५० अर्ब रुपियाँभन्दा बढीको क्षति पु¥याइसकेको भन्दै उहाँले त्यसको क्षतिपूर्तिको समेत माग गर्नुभयो ।
ककनी वडा नम्बर २ का स्थानीय राजुप्रसाद न्यौपानेले बाटो, शिक्षा, स्वास्थ्यमा विकास हुन्छ भनेर सिसडोलका स्थानीयले फोहोरमैला विसर्जनमा सहमति जनाएको भए पनि स्थानीय जनताको सपनामाथि सरकारले गैरजिम्मेवारीपना देखाएको टिप्पणी गर्नुभयो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र्र साहले पनि सोचेको जस्तो केही गर्न नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘फोहोरमैला व्यवस्थापनका विभिन्न योजनाहरू लिएर मेयर बालेन्द्र आउँदा सबैले ताली बजाएर स्वागत गरे पनि महानगरको परिषदको बैठकले सिसडोलको लागि एक रुपियाँको बजेट पनि नछुट्टाउनु आपत्तिजनक छ ।’-यापरको शालिक बनाउन र रुटिन अफ नेपाल बन्दलाई करोडौं छुट्टाएका मेयर बालेनले सिसडोलमा फोहोर लैजाने बाटो बनाउन बजेट नछुट्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
अहिले उक्त क्षेत्रको जग्गा किनबेच समेत बन्द भएको भन्दै उहाँले काठमाडौं महानगरले गैरजिम्मेवारी व्यवहार देखाएको आरोप लगाउनुभयो ।
धादिङका फोहोरमैला अति प्रभावित स्थानीय मनोज तामाङले सिसडोल र बन्चरेडाँडाका स्थानीयले निकै दुःख र सास्ती व्यहोर्नु परिरहेको जिकिर गर्दै भन्नुभयो– ‘आजसम्म १ सय ७४ पटक आन्दोलन गर्दा पनि कुनै उपलब्धि देखिएन । बन्चरेडाँडामा फालिरहेको फोहोरमैला अब कुनै पनि हालतमा त्यहाँ फाल्नै नदिने निर्णयमा पुगेका छौं ।’
संघर्ष समितिका सह–संयोजक सनद उप्रेतीले काठमाडौं उपत्यकामा विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने ७० लाख जनतालाई सिसडोलदेखि बन्चरेडाँडासम्म गएर एकपटक हेर्न आग्रह गर्नभयो ।

आन्दोलित स्थानिय, फाईल फोटो ।
उहाँले स्थानीयहरूमाथि महानगरले अन्याय गर्दै आएको आरोप लगाउँदै आफूहरूले अघि सारेका माग पूरा नभए आन्दोलन र संघर्षका कार्यक्रमलाई निरन्तरता दिइने चेतावनी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया