नुवाकोटमा ९१ वर्षीयाले लिइन् राष्ट्रिय परिचयपत्र
नुवाकोट । नुवाकोटमा ९१ वर्षीया एक वृद्धाले राष्ट्रिय परिचयपत्र बनाएकी छन् । किस्पाङ गाउँपालिका २ ताजीकी चन्द्रकुमारी ढुंगेलले राष्ट्रिय परिचयपत्र बनाइएकी हुन् ।
१९८८ कात्तिक १५ गते जन्मिएकी ढंगेलले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सोमबार राष्ट्रिय परिचयपत्र बनाएकी हुन् । उनको नागरिकता नम्बर ५१३८ रहेको छ । छोरा यदुकुमारसँगै जिल्ला प्रशासन पुगेकी चन्द्रकुमारी अष्टेलियामा रहेका छोराछोरी, नाती र पनाती भेट्न जानुअघि परिचयपत्र बनाएको बताएकी छन् ।
‘छोरानाती उतै काम गर्न र पढ्न गएका छन् । पनातीको मुख हेर्छु भन्नु भएको छ । परिचयपत्र नबनाउँदा राहदानी बन्दो रहेनछ,’ छोरा यदुकुमारले भने । राष्ट्रिय परिचयपत्र नबनाइ राहदानी नपाइने नियमका कारण नुवाकोट जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय सेवाग्राहीको भीड लाग्ने गरेको छ । जिल्लामा ६० वर्षमाथिका ४५० जनाले राष्ट्रिय परिचयपत्र लिइसकेका छन् । हालसम्म १८ हजार १५२ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् ।
नुवाकोटमा राष्ट्रिय परिचयपत्र बनाउन ०७७ असार ३१ गतेबाट थालिएको हो । राष्ट्रिय परिचयपत्र बनाउन आउने अधिकांश जेष्ठ नागरिकसँग आवश्यक कागजपत्र नहुने, विवाह दर्ता नभएको, नामथर फरक, एउटै स्टेसनबाट काम गर्नुपर्दा समस्या भएको कर्मचारीले बताए । यसका लागि प्रत्येक पालिकामा एउटा छुट्ट्रै शाखा राख्नुपर्ने अवस्था आएको कर्मचारीहरू बताउँछन् ।
सरकारले २०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गरिने घोषणा गरी ०६७ साल साउन १ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया