जनताले गुनासो गर्ने अवस्था नआओस् : मेयर श्रेष्ठ

विदुर खबर २०७९ जेठ ११ गते २०:४५

नुवाकोट । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सेवाग्राहीले गुनासो गर्ने अवस्था आउन नदिन र आस्थाका आधारमा कसैसंग पूर्वाग्रह नराख्न निर्देशन दिएका छन ।

Advertisement

स्थानीय सरकार संघीय शासन व्यवस्थाको मेरुदण्ड भएकाले यस विपरितका कार्य सह्य नहुने भन्दै उनले जनताले गुनासो गर्ने अवस्था आउन नदिन सबै कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार बिदुर नगरपालिकाका शाखा प्रमुख र कर्मचारीहरूसंग कार्यालयको बस्तुस्थिती बुझ्ने क्रममा प्रमुख श्रेष्ठले सुशासनयुक्त र पारदर्शी स्थानीय सरकार निर्माणका लागि सहयोग गर्न कर्मचारीहरूसंग आग्रह समेत गरे । त्यसक्रममा नगरप्रमुख श्रेष्ठले आर्थिक अनुशासन कायम गर्दै नागरिकलाई बास्तविक स्थानीय सरकारको बोध गराउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउँदै स्थानीय सरकार संचालन ऐन र संबन्धित कानुनहरूका बिपरित हुने क्रियाकलापको अन्त्य आफ् नो प्रमुख लक्ष्य रहेको बताए ।

Advertisement

आफ्नो कार्यकालमा कुनै पनि कर्मचारीले आस्थाका आधारमा बिभेद सहन नपर्ने बताउँदै उनले राम्रो काम गर्नेले पुरस्कृत हुने र खराव आचारण भएकाले दण्डित हुने सर्वमान्य सिद्धान्तप्रति सजग रहन कर्मचारीहरूलाई सुझाए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सुशासनयुक्त नगरपालिका निर्माणमा कर्मचारीहरूको भुमिका महत्वपूर्ण रहने बताउँदै जनप्रतिनिधिको सहयोगीका रुपमा क्रियाशिल रहन कर्मचारीहरूलाई आग्रह गरिन ।

Advertisement

सेवाग्राहीका हरेक समस्याको समाधानका लागि जनप्रतिनिधि र कर्मचारीको ऐक्यबद्ध प्रयत्न हुन सकेमा मात्र समृद्ध नगरको परिकल्पना सार्थक हुने भएकाले जिम्मेवार भएर सबै पक्ष क्रियाशिल हुनुपर्ने उपप्रमुख बोगटीको भनाई थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र बिभिन्न शाखाका प्रमुखहरूले नगरपालिका र शाखाहरूका गतिबिधिहरूका बारेमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जानकारी गराएका थिए।

प्रतिक्रिया