विदुरमा गठबन्धनका उम्मेद्धवारको फराकिलो अग्रता
विदुर खबर
२०७९ जेठ २ गते ९:१९
नुवाकोट । विदुर नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेद्धवार राजन श्रेष्ठले फराकिलो अग्रता बनाउँदै लगेका छन् ।

हालसम्म ७ हजार १ सय ७१ मत गणना हुँदा मेयर र उपमेयर दुबैमा गठबन्धनका साझा उम्मेद्धवारहरुले अग्रता बनाइरहेका छन् ।
विदुर नगरपालिका वडा नम्बर १, २ को मतगणना सम्पन्न हुँदा तथा वडा नम्बर ३, ४ र ५ को मतगणना जारी रहँदा श्रेष्ठले ३९ सय ५ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै एमालेका उम्मेद्धवार सञ्जु पण्डितले २६ सय २५ मत प्राप्त गरेका छन् । श्रेष्ठ र पण्डितविचको मतान्तर अहिले एक हजार ७० पुगेको छ ।
त्यस्तै उपमेयरमा गठबन्धन दलकी साझा उम्मेद्धवार प्रभा बोगटीले २५ सय ९४ मत प्राप्त गर्दा एमालेकी अम्बिका नेपालले २५ सय ५३ मत प्राप्त गरेकी छिन् । उनीहरुविचको मतान्तर १९ रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया