पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्डको’ म्याद तीन दिन थपियो

नुवाकोट, नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार जिल्ला अदालत नुवाकोटमा उपस्थित गरी ३ दिन हिरासतमा राख्ने म्याद थप गरिएको छ ।
गत साउनमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा आगो लगाएको आरोपमा उनलाई नुवाकोट प्रहरीले विहिबार राती नुवाकोट ल्याएको थियो । गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा स्काभेटर जलेर पूर्ण क्षति भएको थियो । सो मुद्धामा नुवाकोट प्रहरीले पिडितले दिएको जाहेरीको आधारमा तथा कल डिटेल हेर्दा उनको संलग्नता रहेको भन्दै पक्राउ गरेको बताइर्एको छ ।
प्रकाण्डले भने राजनीतिक प्रतिसोध लिन आफुलाई आगो लगाएको आरोप लागेको बताए । संचारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै प्रकाण्डले राजनितिक आस्थाको कारण मलाई यो केशमा फसाईदै छ यसमा मेरो बिलकुल संलग्नता छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया