नुवाकोटको १२ वट्टै स्थानिय तहमा निर्वाचन कार्यालय स्थापना

विदुर खबर २०७९ वैशाख ८ गते २०:३२

नुवाकोट । नुवाकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ ।
जिल्ला अदालत नुवाकोटको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

Advertisement

यस्तै बिहीबार ११ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य नुवाकोटका मुख्य निर्वाचन अधिकृत उमेश लुइटेलले जानकारी दिनुभयो ।

प्रत्येक पालिकामा तोकिएका निर्वाचन अधिकृतहरुले कार्यालय स्थापना गरेर निर्वाचनको कार्यतालिकाअनुसार काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

नुवाकोटमा १ सय ३२ मतदान स्थल र २ सय ८७ मतदान केन्द्र रहेका छन । जसमध्ये २९ मतदान केन्द्र सामान्य, ५३ संवेदनशील र ५० अति संवेदनशील रहेको छ ।

जिल्लामा एक लाख २२ हजार ४ सय २ पुरुष, एक लाख १५ हजार २९ महिला र तीनजना तेस्रोलिङ्गीसहित दुई लाख ३७ हजार ४ सय ३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा सबैभन्दा बढी विदुर नगरपालिकामा मतदाता र मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया