नुवाकोटमा चार दलीय गठबन्धनको एमालेले सामना गर्ने
नुवाकोट । सत्तासाझेदार दलहरुबीच स्थानीय तहको निर्वाचनमा नवाकोटमा पनि गठबन्धन गर्ने सहमति भइरहेको छ ।

केन्द्रमा सत्तास्त दलले गठबन्धनमा मिलेर जाने निर्णय गरिसकेका छन । जिल्ला तहमा गठबन्धनमा रहेका चार क्रियाशील ललका प्रमुख तालमेल कसरी गर्ने भन्ने विषयको छलफलमा जुटेसँगै नेकपा एमालेले भने गठबन्धनको सामना गर्ने निर्णय गरेको छ ।
विगतको स्थानीय निर्वाचनमा एक्लै लडेको एमाले अहिले पनि एक्लै लड्ने र जनमत परीक्षण गर्ने तयारीमा छ । जिल्लामा गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच केन्द्रको सर्कुलरअनुसार चैत २० गते आइतबार नेपाली काझेसले सभापति रमेश महतको
संयोजकत्वमा पहिलो बैठक बसीसकेको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, जनता समाजवादीका जिल्ला अध्यक्षा ईश्वरकुमार राउत उपस्थित बैठकले स्थानीय तहको गठबन्धन दलको सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितिबारे बृहत छलफल गरी सत्तागठबन्धन दलको प्रतिवेदन तयार गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।
जिल्लाको १२ वटा पालिका र ८८ वडामा गठबन्धन गरेर एमालेलाई चनौती दिने चार दलको तवारी छ । काग्रेस जिल्ला सभापति रमेश महत, केन्द्रीय सदस्य डा.रामशरण महत र केन्द्रीय सदस्य तथा प्रवत्ता डा.प्रकाशशरण महत र जिल्ला पार्टी सचिव वैकाठ मिश्र मतदाता रहेको पञ्चकन्या गाउँपालिका २ ले भने गठबन्धन नगर्ने निर्णय गरेको छ ।
सत्तागठबन्धनको तालमेललाई परास्त पार्न नेकपा एमालेले नेताकार्यकर्तालाई गाउँटोलसम्म परिचालन गरेको छ । गाउँटोलमा एमालेलाई भोट दिने र नदिने मतदाताको सूची तवार पारेर नदिने मतदातासँग दैनिक भेटघाटलाई बाक्लो बनाइरहेको छ । एमाले नवाकोटका अध्यक्ष बद्री मैनालीले एमालेसँग सही विचार र सिद्धान्त भएका कारण गनुबन्धनले केही असर नगर्ने बताए ।
एमालेले गरेका राम्रा कामबारे जनतालाई जानकारी गराउँदै चनावमा जाने उनले बताए । चार दलले जिल्लामा गठबन्धन गरे पनि जनता एकले अर्कोलाई भोट हाल्ने परिस्थति देखिंदैन । माओवादी सशस्त्र द्वन्द्वको बेला काङ्ग्रेसका कार्यकर्ता, शुभेच्छुक र समर्थकको ठूलो धनजनको क्षति भएकाले हसिया(चौडामा भोट हाल्ने परिस्थिति जिल्लामा देखिंदैन ।
१० वर्ष द्धन्द्रको अवधिमा काङ्ग्रेसको सुराकीले माओवादीका कार्यकर्ता र समर्थकले पाएको सास्ती, भोगेको दुखले गर्दा माओवादी समर्थक मतदाता रुख चिन्नमा कुनै पनि हालतमा भोट नहाल्ने बताइरहेका समाजवादी नयाँ भएकाले उसले आफ्नो चुनाव चिनको त प्रचारप्रसार गर्न सकेको छैन, अरू दलको चुनाव चिन्नमा भोट खसाल्न गरेको आग्रहलाई जनताले कति स्वीकार गर्लान भन्नेमा शङ्का देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया