नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो
नुवाकोट । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बुधबार थपिएको ८ हजार ४५४ सहित सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको जानकारी दिएका हुन् ।

सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना घरमै (होम आइसोलेसन)मा स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेको उनले बताए । उनका अनुसार २५१ जना सघन उपाचार कक्ष (आइसीयू) मा र ४८ जना भेन्टिलेटरमा उपचाररत रहेको निर्देशक पौडेलले जनाए । संस्थागत क्वारेन्टाइनमा १ सय ७१ रहेको छ ।
निर्देशक पौडेलले पहिलो र दोस्रो लहरको तुलनामा आईसीयू र भेन्टिलेटर कम प्रयोग गर्नु परे पनि संक्रमण दर बढी रहेको बताए । हाल परीक्षणको आधारमा ४० प्रतिशतभन्दा बढी संक्रमित दर रहेको उनले बताए ।
संक्रमण फैलिरहेकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफू र अरुलाई संक्रमणबाट जोगाउन उनले अनुरोध गरेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन् भने ४ हजार ४३३ निको भएका छन् । २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया