कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ११ हजार भन्दा बढीमा संक्रमण पुष्टि
नुवाकोट । नेपालमा दैनिक जसो कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाइरहेको छ ।

बुुधबार देशभरमा थपिने संक्रमितको संख्या हालसम्मकै धेरै छ । आज कुल ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार २४ घण्टामा भएको १८,०७८ पीसीआर परीक्षण गर्दा ९,५०२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ५,३३१ एन्टिजेन परीक्षण गर्दा १,८५० जनामा संक्रमण पाइएको पनि उनले जानकारी दिएका छन् । यसरी कुल २३,००९ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
बुधबार ६१३ कोरोना मुक्त, भएका छन् भने संक्रमणका कारण चार जनाकाे ज्यान गएको छ । २४ घण्टामा गरिएको पीसीआर परीक्षणका आधारमा औसत संक्रमण दर ५२.६प्रतिशत रहेको छ जुन हालसम्मकै धेरै संक्रमण दर हो ।
आज थपिएका संक्रमितमध्ये भक्तपुरमा ५७८ जना, ललितपुरमा १०१९ जना र काठमाडौंमा ४,६६६ जना रहेका छन् । यसरी काठमाडौं उपत्यकामा कुल ६,३४३ जनामा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए ।
हाल नेपालमा होमआइसोलेसनमा ४६ हजार ५१५ जना र संस्थागत आइसोलेसनमा एक हजार ४१४ जना गरी कुल ४७ हजार ९२९ जना छन् । संस्थागत आइसोलेसनमध्ये आइसीयूमा १६९ जना, भेन्टिलेटरमा २८ जना र क्वारेन्टिनमा १२६ जना रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया