पछिल्लाे २४ घण्टामा ४,६३६ जना थप काेराेना संक्रमित भेटिए
विदुर खबर
२०७८ माघ १ गते १८:४१
नुवाकोट । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया