हिमपातले रसुवागढी नाका अवरुद्ध
नुवाकोट । हिमपातको कारण प्रमुख व्यापारिक नाका रसुवागढी बिहीबार रातिदेखि अवरुद्ध भएको छ ।

रसुवागढी केरुङ नाकाबाट माल वस्तु आयात बिहीबार साँझदेखि अवरुद्ध भएको भन्सार कार्यालयलले जनाएको छ।
हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको भन्सार कार्यालयले जनाएको छ ।
दैनिक बिहान ७ र बेलुकी २ कन्टेनर सामान भित्रिरहेको नाका हिमपातका कारण अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र रसुवागढी भन्सार कार्यालयबाट नाका अवरुद्ध भएको जानकारी आएको जैसीले बताए ।
‘हिमपातका कारण मालवाहक वस्तु नेपालतर्फ पठाउन कठिन भएको भन्ने महावाणिज्य दूतावासबाट लेखेर आएको छ, आज घाम लागेको छ बिस्तारै सहज हुन्छ होला’ प्रमुख जिल्ला अधिकारी जैसीले भने । १३ गते रातिदेखिको वर्षाका कारण देशको उच्च पहाडी तथा अधिकांश हिमाली भूभागमा हिमपात भएको थियो ।
नेपाल चीन प्रमुख दुई स्थल व्यापारिक नाका समुन्द्री सतहदेखि २५ सय मिटर भन्दा उच्च स्थानमा छन् । जसका कारण हरेक हिउँदा हिमपातका कारण व्यापारमा अवरोध भइरहन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया