नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’मा शुशिल खड्का बिजयी
नुवाकोट । नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा शुशिल खड्का बिजयी

नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा शुशिल खड्का बिजयी भएका छन् ।
शनिवार विहान खरानीटरमा सम्पन्न भएको मतगणनामा सभापतिमा विजयी भएका खड्काले २४६ मत प्राप्त गरि विजयी भएका हुन् । यस्तै उनका निकटम प्रतिद्धन्दी सरोज के.सी.ले २ सय १ मत प्राप्त गरेका छन् ।

खड्काले केसीलाई ४५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन । ४ सय ६७ मतदाता रहेको प्रदेश क मा ४ सय ६१ मत खसेको थियो ।
यस्तै उपसभापतिमा खड्का प्यानलको दुईजना उपेन्द्र दाहाल र हरिबहादुर दुलालले बिजयी हासिल गरेका छन । सचिब पदमा खड्का समुहबाट बिकास अधिकारी र केसी प्यानलबाट सिर्जना तामाङले बिजयी हासिल गर ।
यस्तै सहसचिबमा खड्का प्यानलबाट रुप तामाङ र के सी प्यानलबाट एकजनाले विजय हासिल गरेका छन ।
सभापतिमा विजयी भएका खडकाले नेपाली कांग्रेस नेताहरु डा. रामशरण महत, डा. प्रकाशशरण महत, वहादुरसिंह लामा लगायतको साथ पाएका थिए भने पराजित भएका सरोजले अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसीको साथ पाएका थिए ।

यससँगै नुवाकोट क्षेत्र नम्बर १ को दुबै प्रदेशसभामा केसी समुहले लज्जास्पद हार व्यहोरेको छ । नुवाकोटको क्षेत्र नम्बर १ मा दुबै प्रदेशसभा महत र लामा पक्षले जितेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया